Logo
Logo

सार्वजनिक भयो सुदन किरातीको ‘पलपल बगिरहेछु’ गीत



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद एवं पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको गीत ‘पलपल बगिरहेछु’ सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमबिच किरातीको गीत ‘पलपल बगिरहेछु’ सार्वजनिक भएको हो ।

गीतको म्युजिक कम्पोजर शान्तिराम राई हुन् भने लेखक सुदन किराती र गायक, कनकाइस्ट राई हुन् । कार्यक्रममा सांसद किराँतीले आफ्नो जन्म महिनाको अवसर पारेर गीत विमोचन गरेको बताए । उनले जन्मदिनमा केही नयाँ गरौँ भनेर गीत विमोचन गरेको बताए । उनले यही महिनामा बुद्ध र लुम्बिनी सम्बन्धी गीति भिडियो पनि सार्वजनिक गर्ने बताए ।

उनले भने, ‘म्युजिक भिडियो सार्वजनिक गरेका छौँ । जो चाहिँ मेरो जन्मदिन फागुन १८ गते, त्यही दिन नै सार्वजनिक गर्ने इच्छा थियो तर पूर्वनिर्धारित कार्यक्रममा जानुपर्ने भएकाले भ्याइन ।’

‘जन्मदिन आफैँमा मान्छेको ठुलो सिर्जना हो र यसलाई नै फरक तरिकाले मनाऊँ भनेर हो । भैरवबहादुर थापा नेपालको जिउँदो सम्पदा हो, संस्कृतिविद् । उनलाई हामीले सम्मान पनि गरेका छौँ’, किरातीले भपे, ‘मान्छेलाई प्रेरित गरोस् । जन्मेपछि मान्छे मरिन्छ नै । त्यसैले जन्मदिन पनि सिर्जनात्मक रूपमा मनाउन भनेर सार्वजनिक गरेका छौँ । जन्मदिनकै अवसर पारेर बुद्ध र लुम्बिनी सम्बन्धी भिडियो पनि तयार भएको छ । त्यो पनि सार्वजनिक हुँदैछ ।’

प्रतिक्रिया दिनुहोस्