Logo
Logo

९६औँ ओस्कार अवार्ड : एम्मा स्टोन बनिन् उत्कृष्ट अभिनेत्री



लस एन्जलस । यस वर्षको ९६औँ संस्करणको ओस्कार अवार्डमा फिल्म ‘ओपेनहाइमर’ले सर्वाधिक ७ विधामा अवार्ड जितेको छ । सोमबार बिहान लस एन्जलसस्थित डल्बी थिएटरमा सम्पन्न अवार्डमा उक्त फिल्मले ‘बेस्ट पिक्चर’सहित निर्देशक क्रिस्टोफर नोलेनले ‘बेस्ट डिरेक्टर’, किलियन मर्फेले ‘बेस्ट एक्टर’ र रोबर्ट डाउनर जुनियरले ‘बेस्ट सपोर्टिङ एक्टर’ विधाको अवार्ड जिते ।

यो फिल्म आवणिक बमका आविष्कारक भौतिकशास्त्री रोबर्ट जे ओपेनहाइमरको जीवनीमा आधारित छ । किलियन ओस्कार अवार्ड जित्ने पहिलो आइरिस अभिनेता हुन् ।

किलियनले फिल्ममा ओपेनहाइमरको शीर्ष भूमिकामा अभिनय गरेका छन् । फिल्ममा रोबर्ट डाउने जुनियरले अमेरिकी सरकारी अधिकारी लुईस स्ट्रसको भूमिकामा अभिनय गरेका छन् । ‘ओपेनहाइमर’ले ‘बेस्ट इडिटिङ’, ‘ओरिजिनल स्कोर’ र ‘सिनेमाटोग्राफी’ विधामा पनि अवार्ड जितेको छ ।

यस्तै, फिल्म ‘पुअर थिङ्स’का लागि एम्मा स्टोनले ‘बेस्ट एक्ट्रेस’को अवार्ड पाइन् भने ‘बेस्ट प्रोडक्सन डिजाइन’, ‘कष्ट्युम डिजाइन’, ‘मेकअप एण्ड हेयर स्टाइलिङ’को अवार्ड पनि सोही फिल्मले पाएको छ ।

सन् २०२३ मा सर्वाधिक ग्रस गरेको फिल्म ‘बार्बी’ गीत ‘ह्वाट ह्वाज आइ मेड फर ?’का लागि बिली एलिसले ‘बेस्ट ओरिजिनल स्कोर’को अवार्ड पाए । यो फिल्म आठ विधाको मनोनयनमा परेको थियो ।
फिल्म ‘होल्डओभर्स’का लागि द–भाइन जोय रान्डोल्फले ‘बेस्ट सपोर्टिङ एक्ट्रिस’को अवार्ड जितिन् । यस्तै, फिल्म ‘द जोन अफ इन्ट्रेस्ट’ले ‘बेस्ट साउण्ड’ र ‘बेस्ट इन्टरनेसनल फिचर’को अवार्ड पायो ।

यस्तै, ‘ट्वान्टी डेज इन मौरिपल’ले ‘बेस्ट डकुमेन्ट्री फिचर’, ‘एन्टोमी अफ ए फल’ले ‘बेस्ट ओरिजिनल स्क्रिनप्ले’ र ‘अमेरिकन फिक्सन’ले ‘बेस्ट एडेप्टेड स्क्रिनप्ले’को अवार्ड पाएका छन् ।

यस्तै, जापानी फेन्टासी फिल्म ‘द ब्वाइ एण्ड द हिरोन’ले ‘बेस्ट एनिमेटेड फिचर फिल्म’ अवार्ड पाएको छ भने ‘गोडजिला मिनस वन’ले ‘बेस्ट भिजुअल इफेक्ट्स’, ‘वार इज ओभर ! इन्स्पायरर्ड बाइ द म्युजिक अफ जोन एण्ड योको’ले ‘बेस्ट एनिमेटेड सर्ट फिल्म’, ‘द लास्ट रिपेयर सप’ले ‘बेस्ट डकुमेन्ट्री सर्ट’ र ‘द वन्डरफूल स्टोरी अफ हेनरी सुगर’ले ‘बेस्ट लाइभ एक्सन सर्ट’को अवार्ड पाएको छ ।

प्रतिक्रिया दिनुहोस्