Logo
Logo

दृष्टि : ‘अनलाइन’मा हाजिर छौं


- दृष्टि न्युज/संवाददाता


सिंगो विश्व यतिबेला कोरोना भाइरस (कोभिड १९) को चरम संकट झेलिरहेको छ । गत डिसेम्बरको अन्त्यतिर चीनको वुहान प्रान्तमा देखा परेको यो भाइरसले संसारका १९२ देशलाई प्रभावित बनाइसकेको छ । १५ हजारभन्दा बढीको ज्यान गइसकेको छ भने साढे तीन लाखभन्दा बढी संक्रमित भएका छन् । कोभिड १९ को असर देखिएका प्रायः सबै मुलुक पूर्ण रूपमा वा आंशिक रूपमा लकडाउन भएका छन् । एउटा देशबाट अर्को देशमा मात्र होइन, एउटा शहरबाट अर्को शहरमा समेत आवतजावत ठप्प पारिएको छ । समाजवादी राज्यव्यवस्थामा हिँडेको चीनले कुशलतापूर्वक यो संकटबाट आफूलाई निकालिसकेको छ । तर, पुँजीवाद र उदारिकरणको केन्द्र मानिने अमेरिका र युरोप अहिले कोरोनाको चपेटामा छन् । संक्रमण र मृत्युका हिसावले इटालीले सबैभन्दा ठूलो क्षति ब्यहोरेको छ । अमेरिका, स्पेन, फ्रान्स, जर्मन पनि उस्तै संकटमा छन् । सन् २०२० को प्रारम्भमै सिंगो संसारले ब्यहोरिरहेको यो नयाँ संकटबाट पार लाग्ने उपाय फेला पर्न सकेको छैन ।

हालसम्म नेपालले संकटबाट ठूलो क्षति ब्यहोरेको छैन । तर, नेपाल कोरोनाको ठूलो जोखिममा रहेको भन्दै विश्व स्वास्थ्य संगठनले पटकपटक सचेत गराइरहेको छ । यसर्थ, यही साता सरकारले केही महत्वपूर्ण निर्णय लिएको छ । घोषित रूपमा नभने पनि यतिबेला मुलुक ‘पार्सियल लक डाउन’को स्थितिमा छ । सोमबारबाट देशभर लामो दूरीका यातायात बन्द गरिएको छ । अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै पनि देशबाट विमान अवतरण गर्न तथा उडान गर्न रोकिएको छ । देशभर क्वारेन्टाइन र आइसुलेशन वार्ड निर्माणको काम धमाधम चलिरहेको छ । ढिलै पनि सरकारले पछिल्लो सातादेखि सतर्कता र प्रबन्धको काममा सक्रियता बढाएको छ ।

संकटबाट हामी सञ्चारकर्मी पनि अछुतो छैनौँ । हामी पनि कोरोनाको जोखिममा छौँ । निजी क्षेत्रका अत्यावश्यक सेवामा पनि उपलब्ध बिकल्प प्रयोग गर्न स्वयं सरकारले आह्वान गरिसकेको छ । त्यसैले हामी पनि एउटा निर्णयमा पुगेका छौँ । यो महासंकटको घडीमा देशबासीलाई सूसुचित गराउने दायित्व निभाउने धर्मबाट हामी किञ्चित बिचलित छैनौँ । बरु, माध्यम परिवर्तन गर्दै अझ प्रभावकारी ढंगबाट हरपल यहाँहरूको घरघरमा पुग्ने प्रयासमा छौँ । अर्थात, यो संकट अन्त्य नभएसम्मका लागि हामीले पत्रिका प्रकाशनलाई रोकेका छौँ । तर, दृष्टिको अनलाइन संस्करणलाई थप मजबुद बनाउने संकल्प गरेका छौँ । माध्यम परिवर्तन हुँदा छापा माध्यमको पठनसँग बानी पर्नुभएका यहाँहरूलाई केही असुविधा हुने भए पनि यो महासंकट र विपत्तिको अवस्थालाई बुझिदिनुहुनेछ भन्ने विश्वास लिएका छौँ ।

स्थिति सामान्य भएपछि हामी पुनः प्रिन्टलाइनमा फर्कने छौँ । काठमाडौँबाट प्रकाशित हुने प्रमुख साप्ताहिकका सम्पादक÷प्रकाशकहरुको बैठकले कोरोनाबाट बच्न र बचाउन केही समयका लागि साप्ताहिक पत्रिकाको प्रकाशन स्थगन गर्ने निर्णय गरेको छ । त्यसैले आजदेखि केही अंक ‘दृष्टि’ साप्ताहिकलाई मचष्कजतष्लभधक।अयm मा हेर्नुहुन सम्पूर्ण पाठकवर्गमा अनुरोध गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्