Logo
Logo

निर्देशक राजु लामा अब अभिनयमा पनि



काठमाडौं । चलचित्र निर्माता तथा निर्देशक राजु लामा पछिल्ल सयम अभिनयमा पनि सक्रिय हुन थालेका छन् । गायिका छोरी लिजा लामाको स्वरमा ‘के भनि बोलाउ’ गीतको भिडियोमा निर्देशक लामाको अभिनय देख्न सकिन्छ । उनलाई रोजिना धिमालले अभिनयमा साथ दिएकी छन् ।

निर्मल बरालको शब्द, संगीत रहेको गीतका संगीत संयोजन मनोज चौलागाई हुन् । साईराम पिक्चर्सले बजार व्यवस्थापन सम्हालेको भिडियो बिक्रम धिमालले खिचेका हुन् भने कन्सेप्ट सानु उपाध्यायको रहेको छ । ईलामको सुन्दर चिया बगान वरीपरी छायांकन गरिएको भिडियो निर्देशन स्वयं राजु लामाले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्