Logo
Logo

बागमती प्रदेशसभाः विशेष समितिको प्रतिवेदन पारित



मनहरी (मकवानपुर) । बागमती प्रदेशसभाले विशेष समितिको प्रतिवेदन पारित गरेको छ । प्रदेशसभाको आज अपराह्न बसेको बैठकले बजेट तथा कार्यक्रम व्यवस्थापन समितिको प्रतिवेदनलाई पारित गरेको हो ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले विशेष समितिले तयार गरेको प्रतिवेदन छलफलको प्रस्ताव अघि बढाएका थिए । प्रतिवेदनमाथि नेपाल कम्युनिष्ट पार्टी एमालेका सांसद केशवप्रसाद पोखरेल, भरतबहादुर केसी, नेपाली कांग्रेसका सांसद मदुकुमार श्रेष्ठ छलफलमा सहभागी थिए ।

दलहरुबीचको विवाद समाधानका लागि चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमको व्यवस्थापन गर्न विशेष समिति गठन गरी अध्ययन गरिएको थियो । सो समितिले अध्ययन गरी मङ्गलबार सभामुख पाठकलाई प्रतिवेदन पेश गरेको थियो भने समितिका संयोजक नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचेतक गोविन्द लम्सालले संसद्मा पेस गरेका थिए ।

बागमती प्रदेशसभाको बैठक १५ मिनेट सञ्चालन भएर स्थगित भएको थियो । प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगन भएको छ ।

प्रतिक्रिया दिनुहोस्