तीन जनालाई ‘लिटिल स्टार’ उपाधि « Drishti News – Nepalese News Portal
Logo

तीन जनालाई ‘लिटिल स्टार’ उपाधि


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ७ माघ । बालबालिकाहरुलाई लक्षित गरी आयोजना गरिएको ‘लिटिल स्टार अफ द इयर–२०१९’को उपाधि नेरिष्का स्थापित, अभिनभ श्रेष्ठ र शोनित शाखले जितेका छन् ।
नेरिस्का (ग्रुप–ए), अभिनभ (ग्रुप–बि) र शोनित शाख (ग्रुप–सि)तर्फको बिजेता बन्न सफल भएका हुन् । सबै बिजेतालाई उपाधिसहित गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।
७ देखि १४ बर्षसम्मका ६५ बालबालिकाको सहभागी प्रतियोगीतामा ७ देखि ९ (ग्रुप ए), १० देखि १२ (ग्रुप बि) र १३ देखि १४ (ग्रुप सि) गरि भिन्नभिन्नै तीन समुह बिभाजन गरिएको थियो ।
राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित अन्तिम स्पर्धामा ग्रुप(ए) तर्फ बेलिश्ना जीसी फष्टरनर अफ, एन्जेल वान्तावा सेकेण्ड रनरअफ, सुनिश्का मिश्रा, थर्ड रनरअफ र नेरिया न्यौपाने फोर्थ रनरअफ चँुनिदा ग्रुप (बि) तर्फ प्रिन्स प्रसिद थापा, आरोन लाल श्रेष्ठ, राजा श्रेष्ठ, दीपसन भुजेल क्रममा फष्ट, सेकेण्ड, थर्ड र फोर्थ रनरअफ घोषित भए ।
त्यस्तै ग्रुप (सि) थर्फ भने पल्शा खड्का, आस्का श्रेष्ठ, आन्नया भट्टराई र युभानी लोहनी क्रममा फष्ट, सेकेण्ड, थर्ड, फोर्थ र फिफ्ट रनरफको उपाधि चुम्न सफल सफल भए ।
एनोवेसन इवेन्ट म्यानेजमेन्टले आयोजना गरेको प्रतियोगितामा मोडल तथा अभिनेता दिक्पाल कार्की, कुन्ती मोक्तान, कलाकार बिरेन्द्र हमाल, तेन्जु योन्जन, सन्तोष भुजेललगायतले प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्