Logo
Logo

गण्डकीका प्रदेश प्रमुख भट्टद्वारा पदभार ग्रहण



अन्नपूर्ण (कास्की) । गण्डकीका नवनियुक्त प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो पदभार ग्रहण गर्नुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले डिल्लीराज भट्टलाई गण्डकीको प्रदेश प्रमुख नियुक्त गर्नुभएको थियो । गत फागुन २८ गते नियुक्त हुनुभएका प्रदेश प्रमुख भट्ट शनिबार पोखरा आएर आज पदभार सम्हाल्नुभएको हो ।

सो अवसरमा उनले संविधानको पूर्ण कार्यान्वयनका लागि दत्तचित्त भएर लाग्ने बताए । उनले भने, ‘संविधान र कानुन पालना र कार्यान्वयनका लागि दत्तचित्त भएर लाग्नेछु ।’ उनलाई गण्डकीका मुख्यमन्त्री, मन्त्रीसहित सभामुख, विपक्षी दलका नेताहरूले स्वागत गरेका थिए ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हालसम्म सरकारले गरेका कामका बारेमा प्रदेश प्रमुखलाई जानकारी गराएका थिए । गण्डकीको संस्थापक प्रदेश प्रमुख बाबुराम कुँवर छन् । यसपछि अमिक शेरचन, सीता पौडेल र पृथ्वीमान गुरुङले गण्डकीको प्रदेश प्रमुखका रूपमा नेतृत्व प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्