Logo
Logo

सिड्नीमा ‘नेपाल आइडल–२’ लाइभ कन्सर्ट हुँदै


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ७ माघ । गायन रियालिटी शो नेपाल आइडल सिजन–२ का उत्कृष्ट ६ जना प्रतिस्पर्धीहरु पहिलोपटक अष्ट्रेलियाको सिड्नीमा लाइभ कन्सर्टमा प्रस्तुत हुँदैछन् । कन्सर्टमा नेपाल आइडल–२ का विजेता रवि ओड मुख्य आकर्षण रहनेछन् ।
रवि ओडलाई प्रतियोगिताको उत्कृष्ट ६ मा पुग्न सफल विक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारी तथा अमित बरालले कन्सर्टमा आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गरेर साथ दिने भएका छन् । कार्यक्रममा पवन गिरीले पनि आफ्नो प्रस्तुती रहने जनाइएको छ ।
आगामी ८ फेब्रअरीमा सिड्नीको लिभरपूल स्ट्रिटस्थि सार्क होटलको स्पेस नाइट क्लबमा आयोजना हुने ‘नेपाल आइडल–लाइभ इन सिड्नी’मा नेपाल आइडल–२ का विजेता, उपविजेतासहित उत्कृष्ट ६ मा पुग्न सफल गायक–गायिकाहरु प्रस्तुत हन लागेको आयोजकले जनाएको हो । यस कार्यक्रमलाई अष्ट्रेलियामै सक्रिय एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसले मुख्य प्रायोजन गरेको छ ।
नेपाली समुदायको अत्यधिक बसोबास रहेको सिड्नीमा फेब्रुअरी ८ मा भव्य रुपमा कार्यक्रम सम्पन्न गर्ने गरि तयारी गरिएको नेपाली टचका फाउन्डर डाइरेक्टर दिपेश पुनले जनाए । ‘कार्यक्रमका लागि पर्चा पम्प्लेट वितरण गरिनुका साथै सामाजिक सञ्जालमा कार्यक्रमको प्रचारप्रसारलाई तीव्र बनाएको छौँ’, पुनले भने ।
कार्यक्रमको सञ्चालन नेपाल आइडलकी प्रस्तोता तथा अभिनेत्री रीमा विश्वकर्माले गर्नेछिन् । नेपाली टचले यसअघि नेपाल आइडलको पहिलो संस्करणका विजेताहरुलाई पनि अष्ट्रेलियाको कन्सर्टमा प्रस्तुत गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्