Logo
Logo

थामी चलचित्र संघको प्रथम महाधिवेशन सम्पन्न, अध्यक्षमा शरण चयन



काठमाडौं । थामी चलचित्र संघको प्रथम केन्द्रीय महाधिवेशन सम्पन्न भएको छ । प्रमुख अतिथि पुर्खाजित राई, सभापति नानू थामी तथा विशिष्ट अतिथी टेकराज थामीको उपस्थितीमा बुधबार काठमाडौंमा प्रथम महाधिवेशन सम्पन्न भएको हो ।

महाधिवेशनले शरण थामीको नेतृत्वमा ९ केन्द्रीय कार्यसमिति निर्बिरोध चयन गरेको छ । जसमा वरिष्ठ उपाध्यक्ष शुशिला थामी, महिला उपाध्यक्ष रमा थामी, सचिव ममिता थामी र कोषाध्यक्ष कविन्द्रकुमार थामी चयन भएका छन् ।

त्यस्तै सदस्यहरु अनन्तबहादुर थामी, खगेन्द्र बहादुर थामी, चन्द्रबहादुर थामी ‘रामसुन्दर’, दिलबहादुर थामी चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्