Logo
Logo

समीक्षा अधिकारीको नयाँ गीत ‘मैले जितेर पनि हारेँ’ (भिडियोसहित)



काठमाडौं । गायिका समीक्षा अधिकारीको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । हालै सार्वजनिक ‘मैले जितेर पनि हारेँ’ बोलको गीतलाई अभि सुनारले लेखेका हुन् । जुन गीतमा महिलाको महानताबारे चित्रण गरिएको छ ।

अभि सुनार, जो आफैँ पनि कुशल गीतकार, संगीतकार र मोडल हुन् । गीतकार तथा मोडल अभि सुनार समीक्षा अधिकारीको गायनको प्रशंसा गर्दै भन्छन्, ‘मेरो गीतलाई समीक्षाजीले न्यायपूर्ण ढंगले गाइदिनुभएको छ ।’

यस भिडियोलाई एलोन रेशमले निर्देशन गरेका छन् । भिडियोमा पछिल्लो समय समाजमा घटिरहेका घटनाहरुलाई चित्रण गरिएको छ । भिडियोमा कुसुम शर्मा, अभि सुनार, रेशम सेन्चुरी र करिश्मा क्षेत्रीले अभिनय गरेका छन् ।

यस भिडियोको छायाँकन मुकेश हुमागाईं र सम्पादक विनोद बमले गरेका हुन् । यो भिडियो स्मिता स्नेहा इन्टरटेन्मेन्टको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्