Logo
Logo

विन्दिया कार्की कोशी प्रदेश खेलकुद विकास बोर्ड उपाध्यक्ष नियुक्त



विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्ड उपाध्यक्षमा विन्दिया कार्की नियुक्त भएकी छन् । शुक्रबारको प्रदेश मन्त्रिपरिषद् बैठकले कार्कीलाई रिक्त रहेको प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा नियुक्त गरेको हो ।

कार्की प्रदेशसभाको अघिल्लो कार्यकालमा कांग्रेसबाट समानुपातिक सांसद बनेकी थिइन् । यसअघि २०७८ साल चैत २२ गते प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा नियुक्त भएकी जिना कार्की लामो समयदेखि अमेरिकामा छन् । जिनाले नेपाल छाडेपछि मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा पूर्वसांसद कार्कीलाई नियुक्त गरिएको हो ।

यस्तै, बोर्ड सदस्यमा मदन खड्का र गौरीमान राई नियुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्