Logo
Logo

बरिष्ठ कलाकार मुनालको निधन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ७ माघ । वरिष्ठ रंगकर्मी तथा कलाकार गणेश मुनालको सोमबार आज निधन भएको छ । केही समययता वीर अस्पतालमा उपचारत मुनालको उपचारकै क्रममा निधन भएको हो ।
दर्जनौ फिल्म तथा टेलिफिल्ममा अभिनय गरेका मुनाल सशक्त अभिनय र वजनदार आवाजका कारण छुट्टै पहिचान बनाएका थिउ । काठमाडौं महाँकालमा जन्मिएका मुनालको निधनप्रति विभिन्न कलाकारले दःख व्यक्त गरेका छन् ।
दिवंगत मुनालको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिँदैछ । साना पर्दाका साथै चलचित्र र केही विज्ञापनमा समेत अभिनय गरेका मुनाल अभिनित पछिल्लो फिल्म ‘गोपी’ १८ माघ प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्