Logo
Logo
सुदूरपश्चिम

मन्त्री चौधरीले भने, ‘सरकार चलाउन जनताले हामीलाई म्यान्डेट दिएको छ



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री लक्ष्मण किशोर चौधरीले जनताले दिएको म्यान्डेट अनुसार सरकारमा सहभागी रहेको बताएका छन् ।

बिहीबार पदभार ग्रहण गर्दै मन्त्री चौधरीले आफ्नो पार्टीले एक वर्ष पहिलेदेखि कांग्रेस नेतृत्वको सरकारलाई समर्थन दिएकाले हाल पदभार ग्रहण गर्नु सरकार सञ्चालनको प्रक्रिया मात्रै रहेको बताए ।

‘संघीय सरकार होस् या प्रदेश सरकार, पार्टी चलाउने हो या जनताबाट चुनिएका जनप्रतिनिधिले हो भन्ने हो । जनताले हामीलाई म्यान्डेट दिइसकेका छन् सरकार तपाईँहरू चलाउनुस् भनेर’ उनले भने, ‘त्यही म्यान्डेट हामी पालना गरिरहेका छौ । पार्टीले सल्लाह सुझाव दिन सक्छ ।’

उनले आफूले पाएको जिम्मेवारी सुदूरपश्चिमका जनताको हितमा हुने समेत बताए । बुधबार मात्रै टीकापुरमा बसेको नाउपाको बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर, त्यसको एकदिन नबित्दै नाउपाका एकथरी मन्त्री सरकारको मन्त्रालयको पदभार ग्रहण गरेका हुन् ।

सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन गर्ने विषयमा नाउपामा विवाद छ । नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठ नयाँ गठबन्धन सरकारलाई समर्थन गर्ने पक्षमा छन् । तर,पार्टीका संरक्षक रेशम चौधरी त्यसको विरोधमा छन् । रेशमकै अडानमा सुदूरपश्तिम सरकारमा नाउपा सहभागी भएको हो ।

प्रतिक्रिया दिनुहोस्