Logo
Logo

बाग्मतीमा जगन्नाथ थपलियाले लिए मन्त्रीको शपथ


252
Shares

मकवानपुर । बागमती प्रदेश सरकारमा नेकपा एमाले सहभागी भएको भएको छ । एमालेबाट संसदीय दलका जगन्नाथ थपलिया मन्त्री नियुक्त भएसँगै एमालेले सरकारमा प्रवेश पाएको हो ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादव चन्द्र शर्माले नेता थपलियालाई शपथ ग्रहण गराएका छन् । मुख्यमन्त्री जम्कट्टेलले नेता थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी तोकेका छन् ।

नेता थपलिया दोस्रो पटक प्रदेश सरकारमा सहभागी भएका हुन् । उनी गत २०७९ पुस २६ मा पहिलो पटक प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भएका थिए । करिब ४ महिना सरकारमा रहेका उनी राष्ट्रपति निर्वाचनमा सत्ता समीकरण परिवर्तन भएपछि एमाले सरकारबाट अलग भएका थिए ।

सो समयमा नेता थपलियाको नेतृत्वमा थप ३ मन्त्रीसहित एमाले सरकारमा सहभागी भएको थियो । समीकरण परिवर्तन पछि चैत १० मा एमालेका मन्त्रीहरूले पदबाट राजीनामा दिएर प्रतिपक्षमा रहने निर्णय गरेको थियो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000