Logo
Logo

यस्तो बन्यो भुवन र रोमको सहकार्यमा ‘तीन तारा तीनतिर’ (भिडियोसहित)



काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक रोम नाम्जालीको स्वरमा ‘तीन तारा तीनतिर’ बोल गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

हालै सार्वजनिक गीतमा गायक तथा संगीतकार भुवन सुप्तिहाङ राईको संगीत र आनन्द अधिकारीको शब्द रहेको छ । यस गीतलाई गायक नाम्जालीले अमेरिकामै रेकर्ड गरेका हुन् । अस्मिता अधिकारीको स्वर भने नेपालमै रेकर्ड गरिएको हो ।

रोलेक्स इन्टरटेनमेन्ट नामक युट्युब च्यानलमार्फत सार्वजनिक यस भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । भिडियोमा नेपाली चलचित्र क्षेत्रका चर्तित कलाकार बुद्धि तामाङ ‘हैट’ र रजनी गुरुङ ‘मंगली’ले अभिनय गरेका छन् । यो भिडियोमा पनि हैट र मंगलीको जोडी जमेको छ ।

संगीतकार भुवन सुप्तिहाङ केही वर्षयता अमेरिका बस्दै आएका छन् । गायक तथा संगीतकार सुप्तिहाङले विदेशमा बसेर पनि नेपाली गीतसंगीत पस्कँदै आएका छन् । गायक रोम नाम्जाली पनि अमेरिकाको सिकागोमा बस्दै आएका छन् । नाम्जाली र संगीतकार भुवन सुप्तिहाङको यो पहिलो सहकार्य हो ।

गायनमार्फत दुई दशकअघि संगीत अँगालेका सुप्तिहाङले थुप्रै गीत गाउनुका आलवा सयौँ गीतमा संगीत गरेका छन् । उनले नेपालका अधिकांश पुराना तथा नयाँ पुस्ताका गायक÷गायिकासँग काम गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्