Logo
Logo

भिडियोमा ‘गाह्रो छ हौं मलाई’


4.2k
Shares

काठमाडौं । गायक श्रीकृष्ण लुइँटेल र मनिषा पोखरेलको स्वरमा ‘गारो छ हौं मलाई’ बोल गीतको भिडियो सार्वजनिक भएको छ । यस गीतको भिडियोमा युवा विदेश पलायन भएपछि गाउँघरमा बृद्धबेद्धा तथा केटाकेटीमात्र हुँदा मर्दापर्दा आईपर्ने समस्यालाई मर्मश्पर्शी रुपमा उजागर गरिएको छ ।

मिलन सुवेदी ‘बाटाघरे’ले निर्देशन गरेको यस गीतको भिडियोमा श्रीकृष्ण लुइँटेल, मिलन सुवेदी, अनिषा न्यौपाने, कृष्ण सुवेदी, मनोज पोखरेल, तीर्थ पोखरेल, गोपाल दर्जी, जमुना भडारी सञ्जेल, रेणु गौतम, शुभद्रा थापा, निर्मला वस्नेत, प्रमिला थापा, कोपिला खड्का, अम्बिका भण्डारी, देवराज सुवेदी, रमेश पोखरेल र बुद्धिमान भुजेलले अभिनय गरेका छन् ।

सुमन तामाङले खिचेको यस भिडियोलाई सम्पादन हिमाल तामाङले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्