Logo
Logo

कृषि विकास बैंकद्धारा कोरोना नियन्त्रणमा १ करोड २५ लाख सहयोग


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, । कृषि विकास बैंकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि १ करोड २५ लाख रुपैयाँ सहयोग गरेको छ । सरकारद्धारा स्थापना गरिएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा कृषि विकास बैंकले उक्त आर्थिक सहयोग जम्मा गरेको जनाएको छ ।

बैंक वित्तीय क्षेत्रबाट सहयोग अघि बढीरहेका बेला कृषि विकास बैंकले उक्त रकम सहयोग गरेको हो । नेपालमा कोरोना संक्रमणबाट जोगाउन र संक्रमण हुन नदीन बैंकले साथ दिएको जनाएको छ । यस अघि नेपाल बैंकले उक्त कोषमा एक करोड सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्