Logo
Logo

सुरक्षाबलमाथि आक्रमण, १८ को मृत्यु


- दृष्टि न्युज/संवाददाता


अफगानिस्तान, ७ माघ (सिन्ह्वा) । अफगानिस्तानको पूर्वी प्रान्त वार्दाकको मैदान शारमा सोमबार आज भएको एक आतंककारी आक्रमणमा परी कम्तीमा १८ व्यक्तिको मृत्यु भएको छ । विशेष सुरक्षाबल रहेका प्रहरी चौकीमा उक्त आक्रमण भएको थियो ।
तालिबान लडाकू समूहले गरेको यस कारबम आक्रमणमा परी कम्तीमा १८ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २७ घाइते भएका एक स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।
सोमबार बिहान भएको यस विस्फोटमा परी मारिएका र घाइते प्राय ः विशेष सुरक्षाबलका सदस्यहरु रहेका र घाइतेहरुको मैदान शारमा रहेको सार्वजनिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जनाइएको छ ।
घाइते मध्ये चिन्ताजनक अवस्थामा रहेका केही व्यक्तिलाई भने राजधानी काबूलस्थित अस्पतालको आकस्मिक कक्षमा ल्याइएको प्रान्तीय स्वास्थ्य विभागका निर्देशक मोहमद सलिमले जनाएका छन् । स्थानीय समायानुसार सोमबार बिहान ७ः४० मा सो विस्फोट भएको थियो । शहरबाट करिब दुर्ई किलोमिटर टाढा रहेको यस सैन्य चौकीमा अपहरण गरिएको सेनाको सवारी साधनमा नै विस्फोटक पदार्थ भरेर विस्फोटन गराइएको थियो ।

यस विस्फोटमा परी सो चौकीको प्रवेशद्धार र प्रमुख भवन ध्वस्त भएको एक सुरक्षा स्रोतले सिन्हवा समाचार समितिलाई जानकारी दिएको छ । आक्रमणको क्रममा चार जना तालिबान लडाकूको सहभागीता रहेको थियो । एक कारबम विस्फोटमा मारिएका र अन्य तीन बन्दुकधारी तालिबानी लडाकू सुरक्षाबलले गरेको जवाफि कारबाहीमा मारिएका छन् । यस आक्रमणको केही समयपछि नै तालिबान लडाकू समूहले जिम्मा लिएका छन् ।
तालिबानका प्रवक्ता जाबिउल्लाह मुजाहिद सञ्चार माध्यमलाई यस आक्रमणमा आफूहरुको हात रहेको बताएका छन् । सन् २००१अन्य मा सत्ताबाट अपदस्थ भएका तालिबानले बारम्बार सरकारी सैनिक र सर्वसाधारणको हत्या गदैै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्