Logo
Logo

गीतकार डा. खतिवडाले ल्याए हिन्दी गीतहरुको संग्रह



काठमाडौं । गीतकार डा.हेमन्त खतिवडाको हिन्दी गीतको संग्रह ‘कैसा मन मस्ताना प्यारे’ प्रकाशित भएको छ । गीतकार खतिवडाले गीति पुस्तकमा प्रेम र रोमान्टिक विषयलाई समेटेका छन् ।

दुई यस वटा हिन्दी गीतहरु संग्रहित रहेको गीति पुस्तकको मूल्य भारु. २०० रहेको छ । पुस्तकमा समावेश गीतहरु प्रेम गीतको प्रचलित परम्परा भन्दा फरक किसिमका छन् । गीतकार खतिवडा भन्छन्, ‘प्रेम भनेको सतही विषय नभई यसको आफ्नै दर्शन छ । प्रेम गीतलाई पनि म दर्शनसँग जोडेर हेर्छु र लेख्न रुचाउँछु ।’

ओम प्रकाशन दिल्लीले प्रकाशन गरेको उक्त कृतिलाई भारतीय पाठकले रुचाएको उनको भनाइ छ । गीतको बनोट र प्रस्तुतिका जुन तरिका छन् ती कलात्मक र विम्वात्मक छन् । शब्द चयन सरल छ ।

खतिवडाका गीतहरुमा प्रेमको मनोविज्ञानलाई अनौठो तवरले घुलित भएका छन् । विवाहको विषयवस्तुमा पनि केही गीत लेखेका छन । पुस्तकमा प्रस्तुत गरिएका गीतहरुमा प्रेमका विविध स्वरुपलाई विभिन्न आयामबाट ब्याख्या गरिएको छ । यसअघि खतिवडाका दर्जनौँ गीत लोकप्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्