Logo
Logo

६ वर्षकाे उमेरमा एकल चित्रकला प्रदर्शन



काठमाडौं । युकेजीमा पढ्ने ६ वर्षीय आरभ बन्धुले भर्खरै अक्षर चिन्दैँ छन् । अक्षरभन्दा बढी उनी चित्रका रेखा स्पष्ट र कलात्मक ढङ्गले उर्तान सिपाली छन् । हुने विरुवाको चिल्लो पात भने जस्तै, अहिलेदेखि नै आरभको चित्रकलामा भविष्य उज्ज्वल देखिन्छ ।

आज नयाँ बानेश्वरस्थित एनबी सेन्टरको पहिलो तल्लामा उनको एकल चित्र प्रदर्शन भएको छ । घुमेर दृश्य अवलोकन गरी पेन्सिलले कोरिहाल्ने उनको स्वभावको परिणाम स्वरुप सानै उमेरमा एकल चित्रकला प्रदर्शन गर्न सम्भव भएको उनका बुवा भरतबन्दु थापाले बताए ।

भक्तपुर बस्ने आरभका अनुसार १५ दिनमा २५ वटा स्केच कारेका छन् । पशुपति तथा जानकी मन्दिर, जात्रा, शिव लिङ्गलगायत प्राकृतिक दृश्य उनले चित्रमा उतार्ने गर्छन् । आरभको कला नियाल्न बालबालिकादेखि बुढापाकासम्म झुम्मिएका थिए । भविष्यमा चित्रकार बन्ने उद्देश्य राखेका आरभ भन्छन्, ‘चित्र कोर्न पाउँदा खुसी मिल्छ ।’

छोराको कलाप्रतिको रुची बुझेरै परिवारमा हौसला प्रदान गर्न एकल चित्रकला प्रर्दशनी राखिएको उनका आमा गीताञ्जलीले बताए । ‘बालबालिकाको रुचीमा अभिभावक सहयोगी हुनुपर्छ’, उनले भने, ‘हाम्रो थोरै हौसलाले धेरै प्रगति गर्न सक्छन् ।’

प्रतिक्रिया दिनुहोस्