Logo
Logo

हिक्मत कार्कीलाई कोशीमा मुख्यमन्त्री बनाउने एमाले माओवादीको कसरत



काठमाडौं । कोशी प्रदेशमा हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन लिखित निवेदन दिने तयारी भएको छ । नेकपा एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिपछि एमाले संसदीय दलका नेता हिक्मतलाई मुख्यमन्त्री नियुक्तिका लागि दाबीयुक्त निवेदन प्रदेश प्रमुखलाई बुझाउने तयारी छ ।

कोशीका मुख्यमन्त्री केदार कार्की असोज २७ गते संविधानको धारा १६८ (५) अनुसार नियुक्त भएका थिए । केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि उनी अल्पमतमा परेका थिए ।

कोशीमा नयाँ सरकार गठनबारे अलमलमा परेका सत्तारुढ एमाले माओवादीले लामो छलफलपछि चारबुँदे सहमति गरेका छन् । सहमतिका आधारमा माओवादीले संसदीय दलको बैठक राखेर मन्त्रीहरुलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

सरकारमा माओवादीबाट गणेश उप्रेती वनमन्त्री, राजेन्द्र कार्की सामाजिक विकासमन्त्री र नारायण बुर्जामगर खानेपानी मन्त्री छन् । उनीहरुले मुख्यमन्त्रीलाई भेटेर राजीनामा बुझाउने तयारी गरेका छन् ।

एमाले र माओवादीकाले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएको सूचना प्रदेशसभा सचिवालय दिएका छन् । यससँगै मुख्यमन्त्री कार्की स्वतः अल्पमतमा पर्नेछन् ।

उनले संविधानको धारा १८८ (२) बमोजिम ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ । तर मुख्यमन्त्री कार्की राजीनामा पनि नलिने र प्रदेशसभा बैठक पनि नबोलाउने अडानमा छन् । त्यसैले एमाले र माओवादीका सांसदहरुले प्रदेशसभाको विशेष अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष निवेदन दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्