Logo
Logo

राजेशपायलको साथमा मिन्छमाले गाइन् ‘छिन्ताङ देवीथान’ (भिडियोसहित)



काठमाडौं । उदयमान प्रतिभा तथा कलाकारलाई साथ, हौसला र प्रेरणा प्रदान गर्न गायक राजेशपायल राई माहिर छन् । प्रतिभा भएका कलाकारलाई साथ र हौसला दिनुपर्छ भन्ने मान्यता राख्ने मेगास्टार राजेशपायलले थुप्रै प्रतिभाहरुलाई चर्चामा ल्याइसकेका छन् ।

यसैक्रममा राजेशपायल र मिन्छमा राईको नयाँ गीत सार्वजनिक भएको छ । ‘राई इज किङ’का रुपमा चर्चित राजेशपायल र मिन्छमाले गाएको नयाँ गीत ‘छिन्ताङ देवीथान’ बोलको गीत सार्वजनिक भएको हो । मिन्छमा राई सांगीतिक रियालिटी शो ‘भ्वाइस अफ किड्स नेपाल’बाट चर्चामा आएकी हुन् ।

छिन्ताङ देवीको बखान गरी तयार बनाइएको गीतमा राजेशपायलकै शब्द तथा संगीत रहेको छ । देशविदेशमा कार्यक्रमहरुको दौरानको व्यस्तताको बाबजुद पनि राजेशपायल राई शब्द र संगीतसमेत सिर्जना गर्दै आएका छन् । छिन्ताङ देवीको बेग्लै धार्मिक महिमा छ । छिन्ताङ देवीको दर्शन गर्दा मनोकामना पूरा हुने जनविश्वास छ ।

उक्त गीत राजेशपायलले छिन्ताङ देवीको दर्शन गरेपछि तयार गरेका हुन् । राजु कार्कीले एरेन्ज गरेको ‘छिन्ताङ देवीथान’को यस भिडियोलाई अनामनगरस्थित किङ स्टुडियोमा खिचिएको हो ।

प्रतिक्रिया दिनुहोस्