Logo
Logo

गायिका खुसीको ‘प्रेमको अर्थ’ (भिडियो)



काठमाडौं । गायिका खुसी थुलुङ राईको गीति एल्बम ‘खुसीका रंगहरू’ हालै सार्वजनिक भएको छ । उक्त एल्बमलाई सोमबार काठमाडौंमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ ।

गीति एल्बमलाई कार्यक्रमका प्रमुख अतिथि पूर्वपर्यटनमन्त्री तथा माओवादी केन्द्रका नेता सुदन किराँतीले सार्वजनिक गरेका थिए । यसअघि दर्जनौ गीतमा स्वर दिइसकेकी खुसीको यो पहिलो सोलो एल्बम हो ।

‘खुसीका रंगहरु’मा आठवटा गीत समावेश छन् । तीमध्ये गीतिसंग्रहमा समावेश ‘प्रेमको अर्थ’ बोल गीतको भिडियो कार्यक्रममा सार्वजनिक गरिएको थियो । ‘प्रेमको अर्थ’ भिडियोमा गायक तथा मोडल रुक्मान लिम्बू र करिश्मा श्रेष्ठले अभिनय गरेका छन् ।
राजेश पुमा राईले निर्देशन गरेको भिडियोमा प्रेमको अर्थ खोज्ने प्रयास गरिएको छ । यस गीतमा क्रान्ति सुब्बाको शब्द र हरी लम्सालको संगीत रहेको छ ।

गायिका खुसीले आफ्नो पहिलो गीतिसंग्रह सार्वजनिक समारोहमा पाएको माया, हौसला र प्रतिक्रियाले थप कामका लागि हौसला मिलेको बताइन् । ‘मेरो पहिलो प्रयासमा पाएको हौसलालाई आगामी दिनमा प्रयोग गर्नेछु’ उनले भनिन्, ‘गीतसंगीतको नयाँ मान्छे तर यस्तै प्रतिक्रियाले मलाई निरन्तरता दिन र गन्तव्यमा पुग्न प्रोत्साहन दिएको छ ।’

एल्बममा रहेका आठ गीतमध्ये ६ वटा भिडियो बनिसकेको भएपनि एउटा मात्र रिलिज गरेको गायिका खुसीले बताइन् । उनले भनिन्, ‘अरु भिडियो क्रमसः सार्वजनिक गर्दै जानेृ सोच छ ।’ उक्त भिडियोलाई खुसीले आफ्नै अफिसियल युट्यु्ब च्यानलमार्फत सुार्वजनिक गरेकी हुन् । यस एल्बमको अडियोलाई रुबुशा क्रियशनले प्रवद्र्धन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्