Logo
Logo

सुदुरपश्चिममा नाउपाले मुख्यमन्त्री पाउने



कैलाली । सुदुरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले मुख्यमन्त्री पाउने लभगग पक्का भएको छ । सुदूरपश्चिममा नाउपालाई मुख्यमन्त्री दिने विषयमा सत्तारुढ दलका शीर्ष नेताबीच भद्र सहमति भएको हाे ।

नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठले सुदूरपश्चिममा मुख्यमन्त्रीसहित भौतिक योजना मन्त्रालय दिने विषयमा सहमति भएकाे बताइन् । उनका अनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सुदूरपश्चिमा नाउपालाई मुख्यमन्त्री दिन सहमत भएका छन् ।

सुदूरपश्चिममा नाउपा नयाँ सत्ता गठबन्धनको सरकार निर्माणमा निर्णायक भएकाले मुख्यमन्त्रीसहितका मन्त्रालय दिएर सरकार बनाउने विषयमा सहमति भएको अध्यक्ष श्रेष्ठको भनाइ छ । अध्यक्ष श्रेष्ठले पटक-पटकको छलफलपछि मुख्यमन्त्री र भौतिकमन्त्री दिने विषयमा शीर्ष नेताहरू सहमतिमा पुगेको बताइन् ।

सुदुरुरपश्चिम प्रदेशमा मुख्यमन्त्री पाउनुपर्ने नाउपाले दावी गर्दै आएको थियो । आफूहरुले दाबी नछोडेपछि शीर्ष नेताहरूबीच भद्र सहमति भएको अध्यक्ष श्रेष्ठले बताइन् । यदि सहमति कार्यान्वन भएमा नाउपाका कैलाश चौधरी मुख्यमन्त्री बन्ने छन् । कैलाश चौधरी नाउपा संसदीय दलको नेता हुन् ।

प्रतिक्रिया दिनुहोस्