Logo
Logo

ओखलढुंगा एमाले अधिवेशनमा ईश्वरको नांगो हस्तक्षेप : जिल्ला अध्यक्षले पार्टी छाडे


8.9k
Shares

काठमाडौं । ओखलढुुंगा एमालेको दशौं जिल्ला अधिवेशनमा पार्टीमा लामो योगदान दिएका हर्कबोल राईलाई हराउन बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नांगो हस्तक्षेपमा उत्रिए ।

प्रमुख अतिथिका रुपमा अधिवेशन उदघाटनका क्रममा उनले खुलेआम ज्ञानबहादुर खड्का (जीबी)को पक्षमा मत मागे । उनले पार्टी विभाजनमा एमालेको पक्षमा रहेका हर्कबोललाई तेजोबध गर्ने किसिमको अभिब्यक्ति दिएर खड्काको पक्षमा मत मागेका थिए ।

पार्टी अधिवेशनमा जीबी खड्कालाई जिताउन नेता पोखरेलले बुधबार पार्टीको पक्षमा उभिनेलाई मत दिनुपर्ने भन्दै घुमाउरो भाषामा खड्काको लागि मत मागेका थिए । जीबीलाई पार्टी बचाउने पक्षमा उभिएको पात्रका रुपमा उनले प्रस्तुत गरेका थिए ।
उनले भनेका थिए– ‘हिजो पार्टीलाई क्राइसिस पर्दा पार्टी बचाउने काममा को को उभिएका थिए ? संकट पर्दा पार्टी बचाउनुपर्छ भनेर को को उभिएका थिए ?’ उनले हिजो संकट पर्दा एमाले बचाउन लागेका हर्कबोलहरुलाई मत नदिनका लागि खुलेआम भाषण गरे ।

हर्कबोलहरु २०४६ को परिवर्तनका लागि आन्दोलनमा हुँदा, गणतन्त्र प्राप्तीका लागि लड्दा काठमाडौंमा मानवतस्करीदेखि विभिन्न ब्यापारमा संलग्न, दलितको पचासौँ रोपनी जग्गा हडप्नेहरुलाई जिताउन ईश्वर पोखरेलले जिताउन आह्वान गरे ।

अधिवेशन उदघाटनदेखि नै प्रतिनिधिलाई प्रभावित पार्न अम्बिर गुरुङको चलखेल यति थियो कि ६ जना पार्टीका प्रतिनिधिलाई पार्टीको संगठन विभागले मान्यता दिएपनि जिल्ला इन्चार्ज खगेन्द्र राईले मत मान्यता दिएनन् । प्रतिनिधिलाई प्रभावित पार्न ओखलढुंगाका होटल होटलमा मदिराको छेलोखेलो थियो । काठमाडौंमा अथाह धन कमाएका जीबी खड्काले अम्बिर गुरुङलाई ठूलो रकम बुझाएर पार्टी अध्यक्षको उम्मेदवारी पाएको चर्चा छ ।

अधिवेशन उद्घाटन भएको चैत २३ गते, नेतृत्व चयन २४ गते हुनुपर्नेमा लम्ब्याएर २७ गते राति मतदान गरी हर्कबोललाई अध्यक्षमा पराजित गराउन भएका साम, दाम र दण्डभेदको नीति अपनाएपछि निर्वतमान एमालेका जिल्ला अध्यक्ष शंकर कटुवालले पार्टीको साधारण सदस्यबाटै राजीनामा दिएका छन् ।

अध्यक्ष कटुवालले राजीनामाबारे लेखेका छन्– नेकपा एमाले जिल्ला कमिटी ओखलढुंगाको दशौं जिल्ला अधिबेशन सम्पन्न भई जीबी खड्काको अध्यक्षता जिल्ला कमिटी गठन भैसकेको छ । नवनिर्वाचित जिल्ला कमिटीका अध्यक्ष लगायत पदाधिकारी तथा सदस्य सबै कमरेडहरुलाई हार्दिक बधाइसहित सफल कार्यकालको शुभकामना । तपाईहरुको कार्यकालमा ओखलढुंगामा सबै पालिका, वडा, प्रदेश र संघको निर्वाचन जित्न र जिताउन सक्नुहोस् शुभकामना ।’

दशौं जिल्ला अधिबेशनमा जे जस्ता रबैया र गतिबिधिहरु देखिए । जुन खालका अरोप–प्रत्यारोपको होडबाजी चल्यो । नेतृत्वको जुन खालको कार्यशैली र पक्षधरता देखियो । मैले मेरो ३४ बर्षको राजनीतिक जीवनमा यस्तो बिधि र पद्धतिबिहीनता अनुभूति गरेको थिइनँ ।

अराजनीतिक कार्यशैलीले न पार्टी बन्छ, न राजनीतिकर्मीको भविष्य बन्छ, न ओखलढुंगेली जनताको न्याय गर्न सकिन्छ, न त राजनीतिक न्याय स्थापित गर्न सकिन्छ । यही कुरालाई महसुस गरी मैले ओखलढुंगा जिल्ला पार्टी इन्चार्ज खगेन्द्र राईमार्फत् २०८० चैत २७ गते बेलुका ६ बजे नै पार्टी परित्याग गरेको राजीनामा पढाइसकेको छु । आजबाट म नेकपा एमालेको पार्टी सदस्यसमेत नरहेको सबैमा जानकारी गराउन चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्