Logo
Logo

सरकारले संसदीय अभ्यासमाथि प्रहार गर्‍याे : प्रकाशमान


1.6k
Shares

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारले सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउन नचाहेर संसदीय अभ्यासमाथि नै प्रहार गरेको बताएका छन् ।

नयाँ वर्षको अवसरमा आज काठमाडौंको नयाँ बानेश्वरमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सिंहले सो धारणा राखेका हुन् ।

सरकारका मन्त्रीहरूमाथि प्रश्न उठिसकेपछि संसदीय छानबिन गर्नु संसदीय अभ्यासभित्रै पर्ने उनले बताए । तर सरकारले रविमाथि छानबिनका लागि संसदीय समिति बनाउन नचाहनुले सरकार संसद्को क्षेत्राधिकार माथि नै प्रहार गरिरहेको भनेर बुझ्नुपर्ने उनको भनाइ थियो ।

अहिले काँग्रेसको कारण नभइ सरकारकै गैरजिम्मेवारीका कारण संसद्को गतिरोध नहटेको भन्दै नेता सिंहले भने, ‘सरकारले संसदीय छानबिन समिति नबनाएसम्म काँग्रेस आफ्नो मुद्दाबाट पछि हट्दैन ।’

जनताको आशा भरोसा काँग्रेसप्रति भएकाले गुनासो पनि काँग्रेससँगै भएको भन्दै उनले त्यसलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्