Logo
Logo

मोहनचन्द्र अधिकारीको अपिल : सरकार राहत देउ


मोहनचन्द्र अधिकारी


मोहनचन्द्र अधिकारी

नेपालको नेल्सन मण्डेलाका रुपमा चर्चित राजनेता मोहनचन्द्र अधिकारीले ‘दृष्टि न्यजअनलाइन’मार्फत एक विज्ञप्ति प्रकाशित गर्दै कोरोना भाइरसबाट जोगिन सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाईहरुमा हार्दिक अपिल गरेका छन् ।
कम्युनिष्ट आन्दोलनका राजनेता अधिकारीले बुधबार दृष्टि अनलाइनलाई पठाएको अपिलमा भनिएको छ, ‘आज सिँगो विश्व कोरोना भाइरसबाट आक्रान्त छ । यस रोगबाट धेरैले अकालमा ज्यान गुमाएका छन् । कति उपचारपछि घर फर्किएका छन् । नेपालमा पनि कोरोनाको सन्त्रास जारी छ । सरकारले ‘लकडाउन’ घोषणा गरेको छ । यसको पालना गर्नु नै कोरोना भाइरसको संक्रमणबाट जोगिनु हो ।
यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले घर–घरमै सुरक्षित बस्नु, साबुन पानीले नियमित हात धुनु, स्यानेटाइजर प्रयोग गर्नु र अत्यावश्यक कामले घरबाहिर निस्कँदा माक्सको प्रयोग गर्नुपर्छ ।
रोग लाग्नुभन्दा रोगबाट बच्नु सबैभन्दा उत्तम कुरा हो । त्यसैले यो रोगको रोकथाम गर्न सरकारले देशैभरीका अस्पताललाई आवश्यक उपकरण, औषधिको व्यवस्था गर्नुपर्छ । काठमाडौंलगायत देशका प्रमुख ठाउँ र सहरमा कोरोना संक्रमित विमारीहरुको उपचार गर्ने व्यवस्था मिलाउनुपर्छ ।’
राजनेता अधिकारीको विज्ञप्तिमा भनिएको छ, ‘विदेश तथा भारतबाट आएका नेपालीहरुलाई अपरिहार्य रुपमा क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्नुपर्छ । अहिले पनि सयौँ नेपाली श्रमिक तथा मजदूर सीमा क्षेत्रमा अलपत्र परेको समाचाहरु बाहिर आएको छ । ती श्रमिक, मजदूर र गरिब परिवारको तुरुन्त उद्वार गर्नुपर्छ । तिनीहरुलाई आफ्नै भूमिमा ‘क्वारेन्टाइन’मा राख्ने व्यवस्था गरिनुपर्छ ।
सीमा क्षेत्रमा अलपत्र परको सयौँ नेपाली बाध्यतावस कामको सिलसिलामा भारत गएका हुन् । भारतमा पनि कोरोना संक्रमण बढ्न थालेपछि त्यहाँको सरकारले नेपालीहरुलाई सीमामा ल्याएर छाडिदिएको छ । त्यसको जिम्मा नेपाल सरकारले लिनुपर्छ । कुनपनि वहानामा ती मजदूर, श्रमिकको जीवनमाथि सरकारले खेलबाड गर्नु हुन्न ।’
अधिकारीले आफ्नो अपिलमा जोड दिँदै भनेका छन्, ‘नेपालमा अहिले कम्युनिष्ट पार्टीको दुई तिहाइको सरकार छ । कम्युनिष्ट भन्ना साथ सर्वहारा वर्ग र श्रमिक, मजदूर र किसानहरुको पार्टी हो । राष्ट्र संकटमा परेको बेला कम्युनिष्ट सरकारले गरिब, श्रमिक र मजदूरको पक्षमा ठोस निर्णय लिनुपर्दछ । दिनदिनै काम गरेर हातमुख जोर्न बाध्य परिवारमा कसरी बाँचेका छन् भन्नेतिर ध्यान पु¥याउनु पर्दछ । देशैभरी श्रमिक, मजदूर र किसानको संख्या ठूलो छ । तिनीहरुको जीवनरक्षामा प्रधानमन्त्री केपी शर्मा ओली सतिसालझैँ उभिनुपर्छ ।’
अन्त्यमा, राष्ट्रिय संकटको घडीमा दैनिक उपभोग्य वस्तुलगायत औषधि अभाव हुन दिनु हुन्न । सिंगो मुलुक अनिश्चितकालका लागि ठप्प भएको बेला जनताको मनोवल बढाउन राज्यले उचित राहत प्याकेजको घोषणा गर्नुपर्छ ।
बृद्धाआश्रम, अस्पताल र घर–घरमा रहेका जेष्ठ नागरिक र बालबालिकाको स्वास्थ्यमा सबैले ध्यान दिनुपर्छ । कसैले पनि हेलचेक्र्याई नगरौँ । विश्वका कतिपय देशले हेलचेक्र्याई गर्दा आज भयावह स्थिति भोग्दैछन् । त्यसैले हामीले यो रोगबाट बच्न र बचाउन स्वास्थ्यसम्बन्धी नियमको पालना गरौँ, घर-घरमै सरक्षित बसौँ ।’ धन्यवाद ।

  • मोहनचन्द्र अधिकारी
  • चैत १९, २०७६

प्रतिक्रिया दिनुहोस्