Logo
Logo

गल्याङ औद्योगिक, ब्यापार तथा कृषि महोत्सव शुरु


5.3k
Shares

गल्याङ । स्याङ्जाको गल्याङ बजारमा तेस्रो गल्याङ औद्योगिक, ब्यापार तथा कृषि महोत्सव शुक्रवारबाट सुरु भएको छ । ‘गल्याङ महोत्सवको आधार कृषि, उद्योग, पर्यटन नै हाम्रो पूर्वाधार’ भन्ने नारासहित गल्याङ उद्योग वाणिज्य संघले महोत्सव आयोजना गरेको हो । 

महोत्सवको उद्घाटन गर्दै पूर्व कानुनमन्त्री धनराज गुरुङले स्थानीय स्तरमा उत्पादित कृषि तथा हस्तकलाका सामग्रीहरूको व्यावसायिक प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । उनले गल्याङ धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय दृष्टिले प्रचुर सम्भावना भएको क्षेत्र भएकाले महोत्सवले प्रचारप्रसारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष डोलप्रसाद श्रेष्ठ (ध्रुब)ले यहाँका मौलिक कला संस्कृतिहरूको संरक्षण र सम्वद्र्धन गर्न महोत्सव आयोजना गरिएको बताए । 

महोत्सव उद्घाटनको दिन शुक्रवार राष्ट्रिय कलाकार शिव हमाल, धनश्याम रिजाल र कमला गैरे लगायतले आफ्नो प्रस्तुति मार्फत दर्शकहरूलाई नचाएका थिए ।

१० दिनसम्म चल्ने महोत्सवमा डेढ करोडको आर्थिक कारोबार हुने र महोत्सव अवधिभर १ लाख बढी दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ । 

महोत्सवमा कूल  १ सय ४० स्टल छन् । स्थानीय व्यापारी व्यवसायीलाई स्टल भाडामा २५ प्रतिशतसम्म छुट दिइएको छ । स्थानीय हस्तकला र कृषिजन्य सामग्रीका लागि २० वटा स्टल निःशुल्क स्टलको व्यवस्था गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्