Logo
Logo

फिल्म ‘चे’को छायाँकन सकियो, साउनमा प्रदर्शनमा आउने



काठमाडौं । लिम्बू कथानक चलचित्र ‘चे’ को छायाँकन सकिएको छ । आइतबार याक्थुङ फिल्मस्ले बिज्ञप्तीमार्फत फिल्मको छायाँकन सकिएको जानकारी दिएको हो । पाँचथरको फिदिम नगरपालिका र फालेलुङ गाउँपालिका क्षेत्रमा छायाँकन गरिएको चलचित्रलाई सागर केरुङले लेखन/निर्देशन निर्माण गरेका हुन् ।

‘चे’को अर्थ नेपाली भाषामा ‘लास’ भन्ने हुन्छ । लिम्बूहरु आन्तरिक र बाह्यरुपमा कसरी लास भइरहेका छन् ? भन्ने कथामाथि फिल्म आधारित रहेको निर्देशक सागर केरुङले बताए । आधुनिक विकासको नाममा सांस्कृतिक सम्पदा भत्काउने र जोगाउनेबिचको द्वन्दात्मक कथालाई चलचित्रको रुपमा उतारिएको पनि उनले बताए ।

चलचित्रमा निर्माता इन्दु फोम्बो र सबु लिम्बू थाम्सुहाङ रहेका छन् भने युवराज राइको छायाँकन, बुद्धराज लिम्बूको संगीत, इन्दु फोम्बोको स्वर, अमृता जबेगुको शृँगार र उदय बेघाको कला निर्देशन रहेको छ ।

यस चलचित्रमा सागर केरुङ, बिमला खजुम, यासेली योङहाङ, निशाम तुम्बापो, भवेन्द्र थाम्सुहाङ, नरेन्द्रराज केरुङ, पूर्ण सेलीङ्, प्रमिता लिम्बु, यलम्बर खम्बु, अभिषेक केरुङ, राजु घिमिरे, नुनाम केरुङ, कर्णहाङ् सुब्बा ताम्लिङ, प्रनेश लिम्बु थेवे, संगीत आङ्खेवा, तिर्थ मादेम्बा, सुरेन शिशिर केरुङ, याम कुरुम्बाङ, अजित योड्या, प्रेमहाङ् केरुङ, उदय बेघा, अमृता जवेगु, जोलिना केरुङ, तिर्थ हाङ्सरुम्बा, चन्द्रकला साँवा लगायतका कलाकारको अभिनय रहेको छ ।

त्यस्तै, यो चलचित्रमा रत्ना लिङ्देन लावती, सोदु योङ्हाङ्, बिक्रम केरुङ पारखी, सन्जित लोवा, मिलन केरुङ, खेमराज केरुङ, बिना तुम्बापो थाम्सुहाङ, पपिन्द्र फागो, श्रीहाङ केरुङ, अगममाया तुम्बापो केरुङ, रमन चेम्जोङ केरुङ, बुद्धराज लिम्बू, लेखनाथ रिमाल, सुरेन्द्र राई, मिड्सोहाङ लोवा, मनेन्द्र केरुङ, मनकुमार आङ्देम्बे, राजकुमार केरुङ, खगेन्द्र केरुङ, रुपा राजवंशी, फुड्निमा जवेगु, टेकबहादुर केरुङ, खेसेहाङ् लोवा, आन्जुम केरुङ, मोहनकुमार केरुङ, सन्चबहादुर केरुङ, उदय केरुङ, शिवकुमार राई, सुजन केरुङ, ज्ञानेन्द्र केरुङ, निशान लुँइटेल र बीरबहादुर केरुङ पनि अभिनय देख्न सकिन्छ ।

निर्देशक सागर केरुङका अनुसार यो चलचित्र आगामी साउन १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने छ ।

प्रतिक्रिया दिनुहोस्