Logo
Logo

सलमान खानको घरबाहिर गोली चल्यो



काठमाडौं । मुम्बई प्रहरीले आइतबार बिहान करिब ५ बजेतिर बान्द्रास्थित बलिउड अभिनेता सलमान खानको घरबाहिर दुई अज्ञात व्यक्तिले गोली चलाएको बताएको छ ।

घटनापछि मुम्बई प्रहरीको अपराध शाखा घटनास्थलमा पुगेर अनुसन्धान थालेको जनाएको छ । समाचार एजेन्सी एएनआईका अनुसार मुम्बई पुलिसले तीन राउण्ड फायरिङ भएको जानकारी पाएको थियो ।

अभिनेता लमान खानको घरबाहिर प्रहरी र फोरेन्सिक विभागको टोली उपस्थित रहेको बीबीसीले उल्लेख गरेको छ । गोली कसले चलायो भन्नेबारे अनुसन्धान भइरहेको मुम्बई प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्