Logo
Logo

आज चौथोपटक विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री


630
Shares

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने तयारी गरेका छन् । त्यसका लागि दिउँसो १ बजे प्रदेशसभाको बैठक बस्दैछ ।

केन्द्रमा समीकरण फेरिएपछि नेपाली कांग्रेस चैत ५ गते मधेश सरकारबाट बाहिरिएको थियो । सरकारबाट बाहिरिएपछि चैत ९ गते कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

सरकारमा रहेका दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । सोही प्रावधानअनुसार मुख्यमन्त्री यादवले आज विश्वासको मत लिन लागेकाे सभामुख रामचन्द्र मण्डलले जानकारी दिए । उनले १५ महिनामा विश्वासको मत लिन लागेको यो चौथो पटक हो ।

१०७ सदस्यीय प्रदेशसभामा एमालेका सभामुखसहित २४, नेपाली कांग्रेसका २२, जसपाको १९, जनमत पार्टीका १३, माओवादी केन्द्र र लोसपाका ९–९, एकीकृत समाजवादीका ७ सांसद छन् ।

यस्तै नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी पार्टीका १–१ र एक स्वतन्त्र सांसद छन् । मधेशमा सरकार गठनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ ।

प्रतिक्रिया दिनुहोस्