Logo
Logo

एमाले चितवनको जिल्ला अधिवेशनकाे मिति तय



This image has an empty alt attribute; its file name is anamale-uml.jpg

काठमाडौं । नेकपा एमाले चितवनको जिल्ला अधिवेशन मिति तय भएको छ । एमाले चितवनको जिल्ला कमिटी बैठकले आउँदो जेठ १० देखि १२ गतेसम्म पार्टीको ११ औँ जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।

एमाले जिल्ला कमिटी अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार अधिवेशनले आगामी ३ वर्षको कार्यकालको लागि १ सय ४३ जना जिल्ला कमिटी चयन गर्नेछ ।

अघिल्लो वर्ष घटेको पार्टी सदस्य ‘टोलटोलमा एमाले अभियान’मार्फत एमालेले बढाएको छ । करिब १२ हजार संगठित सदस्यहरुबाट प्रतिनिधि चयन गरि ७ सय ५० जना हाराहारीमा प्रतिनिधिहरु जिल्ला अधिवेशनमा सहभागी हुने अध्यक्ष न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्