Logo
Logo

ठूलीभेरी खेल मैदान निर्माणमा भ्रष्टाचार : पाँच जनाविरुद्ध मुद्दा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको दुनैस्थित खेल मैदान निर्माणमा भएको भ्रष्टाचारमा पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन प्रमुख धनञ्जय आचार्य, सोही कार्यालयका सवइन्जिनियर मोतिप्रसाद बुढा र खेलमैदान निर्माण समितिका अध्यक्ष अभिषेक शाही, सचिव अपार गुरुङ, कोषाध्यक्ष विश्वनाथ शाहीलाई प्रतिवादी बनाउँदै विशेष अदालतमा दायर गरेको हो ।

सबै प्रतिवादीलाई जनही ९ लाख ९३ हजार ९४० रुपैयाँ ८० पैसा बिगो कायम गरी गरिएको छ । दुनैस्थित कभर्डहलसहितको खेल मैदानका लागि कर्णाली प्रदेश सरकारले छुट्टाएको बजेटमा बनेको भन्दा धेरै काम भएको रिपोर्ट तयार पारेर उनीहरूले बढी भुक्तानी लिएर भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्