Logo
Logo

महालेखा परीक्षकमा राय सर्वसम्मत अनुमोदित



काठमाडौं । महालेखा परीक्षकमा तोयम रायको नाम सर्वसम्मत अनुमोदन भएको छ । संसदीय सुनुवाइ समितिको आज बसेको बैठकले हाल राष्ट्रिय तथ्यांक कार्यालयका सचिव समेत रहेका रायको नाम सर्वसम्मत अनुमोदन गरेको हो ।

गत चैत १८ गते बालुवाटारमा बसेको संवैधानिक परिषदको बैठकले रायलाई ६ वर्षे कार्यकालका लागि महालेखा परीक्षक नियुक्त गर्न सिफारिस गरेको थियो । गत जेठमा टंकमणि शर्मा सेवानिवृत्त भएपछि उक्त पद रिक्त थियो । अब राष्ट्रपतिले उनलाई महालेखा परीक्षकमा पदमा नियुक्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्