Logo
Logo

दुर्गा पाञ्चायन मन्दिर बाँसटारीमा राधाकृष्णको प्राण प्रतिष्ठा गरिँदै



स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ बाँसटारीमा विविध धार्मिक कार्यक्रम हुने भएको छ । वैशाख ७, ८ र ९ गते यहाँ रहेको श्री दुर्गा पाञ्चायन मन्दिरमा १०८ शिर्वालङ्ग दत्तात्रय, राधाकृष्णको प्राणप्रतिष्ठाको लक्षवर्ती, १०८ शालिग्राम प्रतिस्थापन, दुर्गा पूजा, भजनकीर्तन लगायतका शुभकार्य हुने स्थानीय कमल गौडेलले जानकारी दिए ।

गौडेलका अनुसार वैशाख ७ गते कोठा पूजन, वैशाख ८ गते बाजासहित शालिग्राम परिक्रमा तथा मूर्ति प्राणप्रतिष्ठा र वैशाख ९ गते लक्षवर्ती भजन मण्डलीसहित भजनकीर्तन तथा समापन हुने छ ।

दुर्गा पाञ्चायन मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ताराप्रसाद न्यौपाने धार्मिक कार्यक्रम सबैको साझा भएकाले सम्पूर्ण धर्मानुरागी महानुभावलाई कार्यक्रममा उपस्थित हुन अनुरोध गरेका छन् ।

बाँसटारी केराको प्रख्यात स्थान हो । यस मन्दिरमा विभिन्न समयमा विराट महायज्ञ समेत हुँदै आएको छ । बाँसटारीको भपेङ खेलमैदानमा जिल्ला तथा गाउँपालिका स्तरिय खेलकुदका कार्यक्रमहरू हुने गरेका छन् ।

यहाँका युवाहरूको सक्रियतामा रकम जम्मा गरेर मन्दिर निर्माण गर्ने गाउँको आवश्यकता अनुसारको विकासमा रकम खर्च गर्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्