Logo
Logo

मधेसमा लोसपाका मन्त्री रमेशप्रसाद कुर्मीको राजीनामा



जनकपुर । मधेस प्रदेश सरकारमा लोसपाबाट मन्त्री बनेका रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन् । वनमन्त्री कुर्मीको राजीनामासँगै मुख्यमन्त्री सरोज यादवलाई दिएको समर्थन फिर्ता लिने तयारी समेत भएको नेता जितेन्द्र सोनलले जानकारी दिए ।

मुख्यमन्त्री यादवले मंगलबार विश्वासको मत लिने कार्यक्रम रहेपनि जनमतको अवरोधका कारण प्रदेशसभा बैठक स्थगित भएको छ । १० मिनेटका लागि बैठक स्थगित गरिए पनि हालसम्म बैठक सुचारु हुन सकेको छैन । दलका नेताहरू तीन घण्टायता बैठक सुचारु गर्न आन्तरिक छलफलमा छन् ।

यसैबीच कुर्मीको राजीनामा मंगलबार नै स्वीकृत भएको छ । मंगलबार नै वन मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री सरोजकुमार यावले सम्हाल्ने गरी प्रदेश प्रमुखले तोकेका छन् ।

प्रतिक्रिया दिनुहोस्