Logo
Logo

उपनिर्वाचनका लागि मतपत्र आज जिल्ला पठाउँदै आयोग



काठमाडौं । निर्वाचन आयोगले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज मतपत्र सम्बन्धित क्षेत्रमा पठाउँदै छ । छपाइको काम सकिएसँगै मतपत्र सम्बन्धित क्षेत्रमा पठाउन लागेको निर्वाचन आयोगले जनाएको छ ।

प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार इलाम–२ का लागि एक लाख २८ हजार र बझाङ– १ (१)का लागि ६८ हजार मतपत्र छापिएको छ । इलाम–२ मा १९ र बझाङ– १ (१) मा ११ उमेदवार छन् । इलाममा एक लाख १५ हजार ८९ मतदाता कायम छन् भने बझाङमा ६१ हजार ७४ मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस्