Logo
Logo

एन्फाका उपाध्यक्ष लामा पक्राउ



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । उनलाई काठमाडौंबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

लामा लागुऔषध खैरो हेरोइन कारोबारमा दोषी ठहर भएका थिए । लागू औषध मुद्दामा लामालाई पाँच वर्ष कैद सजाय भए पनि उनी पक्राउ पर्न सकेका थिएनन् । आज बुधबार सार्वजनिक बिदा भएकाले उनलाई बिहिबार अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्