Logo
Logo

सल्यानको सिङबाङ पुलबाट बस खस्यो, १४ यात्रु घाइते



काठमाडौं । सल्यानको बागचौरमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । दाङबाट रुकुम जाँदै गरेको यात्रुवाहक बस बिहान पौने ११ बजेतिर बागचौर नगरपालिका– २ सिङबाङस्थित पुलबाट अस्दा १४ यात्रु घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नवीन कार्कीले घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको बताए । अन्य १० जनाको अवस्था भने सामान्य छ । घोराहीबाट रुकुम जाँदै गरेको रा.१ख २०८५ नम्बरको बस अनियन्त्रित भएर पुलबाट खसेको प्रहरीले बताएको छ । घाइतेहरूको विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्