Logo
Logo

राष्ट्रिय महाधिवेशनको तीव्र तयारी गर्दै जसपा



काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले राष्ट्रिय महाधिवेशनको तयारीलाई तिव्रता दिएको बताएका छन् । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेसँगै महाधिवेशनको तयारीलाई तिव्रता दिइएको उनले बताए ।

उनकाअनुसार सङ्गठन विभागले सातै प्रदेश समितिबाट प्राप्त सङ्गठित पार्टी सदस्यतामाथि छानबिन गरी अभिलेख राख्ने काम गरिरहेको छ । त्यस्तै पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागले महाधिवेशनमा बोलाइने पाहुनालाई निम्तो दिने काम गरिरहेको छ । महाधिवेशनस्थल जनकपुरधाममा हल, बासको प्रवन्ध मिलाउने लगायतका कार्यहुन थालेको छ ।

महाधिवेशनको प्रचार प्रसारबारे छलफल गर्न प्रचार प्रसार तथा प्रकाशन विभाग र सूचना, सञ्चार, विज्ञान तथा प्रविधि विभागको संयुक्त बैैठक बुधबार दिउँसो २ बजे बोलाइएकोे छ ।

प्रतिक्रिया दिनुहोस्