Logo
Logo

धनुषाबाट १५२ बोरा प्याज र ३२ वटा मोबाइल बरामद



धनुषा । धनुषामा एक ट्रक प्याज र ३२ थान मोबाइल बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषाले १५२ बोरा प्याजसहितको ट्रक नियन्त्रणमा लिएको हो ।

शहिदनगर नगरपालिका–२ तीनकोरिया वीरेन्द्रबजारबाट ना८ख ६३०० नम्बरको ट्रकसहित प्याज नियन्त्रणमा लिइएको सशस्त्रले जनाएको छ । शंकास्पद देखिएपछि प्याजसहित ट्रक नियन्त्रणमा सशस्त्रले जनाएको छ । प्याजको ३ लाख २७ हजार र ट्रकको २२ लाख मूल्यांकन गरी आवश्यकक कारबाहिको लागि जनकपुर भन्सार कार्यालय पठाइएको छ ।

यस्तै, सोही गण मातहत बिओपी फुलगामाले बुधबार दिउँसो मुसहरनिया गाउँपालिका–६ स्थित मरघटियाबाट भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ३२ थान मोबाइल बरामद गरेको हो ।

मोटरसाइकलमा ल्याउँदै गरेको मोबाइलको मूल्य ५ लाख ३५ हजार र मोटरसाइकलको १ लाख मूल्य कायम गरी कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्