Logo
Logo

‘मनसरा’मा दया र मिरुनाको प्रेम (ट्रेलरसहित)



काठमाडौं । फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ । बैशाखको २१ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको ट्रेलरमा मुख्य पात्रहरु दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा र मेनुका प्रधानलाई देखाइएको छ ।

यो ‘जारी’का निर्देशक उपेन्द्र सुब्बाले निर्देशन गरेको दोस्रो फिल्म हो । यो फिल्मले एउटै ठाउँमा बस्ने विभिन्न जातजातीका छिमेकी, उनीहरुको नोकझोक र प्रेमलाई देखाएको छ । फिल्मको ट्रेलर हेर्दा निर्देशकले यसपटक धेरै कुराहरु दर्शकका लागि हलमै हेर्नुपर्नेछ भनेर छाडेका छन् ।

फिल्मको ट्रेलरमा दयाहाङ र मिरुनाबिचको प्रेम देखाइएको छ । सामाजिक कथावस्तुमा तयार भएको यो फिल्ममा शान्ति गिरी, हेमन्त वुढाथोकी, विप्लव प्रतीक, नीनाहाङ राई, जीवन बराल, सुवासचन्द्र पोखरेल लगायतका कलाकारको अभिनय छ । फिल्ममा शैलेन्द्रध्वज कार्कीको निर्माण तथा छायांकन छ । यो फिल्मलाई कबड्डी फिल्मस् र बाँसुरी फिल्मस्ले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्