Logo
Logo

आज सुरक्षित कारोबार विधेयकमा छलफल हुँदै



काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ । बैठक बिहान साढे ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल गर्ने कार्यसूची रहेको छ । यससँगै अन्य विविध विषयमा पनि छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्