Logo
Logo

पोखरामा स्कार्पियो र माइक्रोबस ठोक्किँदा ८ चिनियाँ नागरिक घाइते



काठमाडौं । पोखरामा स्कार्पियो र माइक्रोबस एकापसमा ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । आज बिहान ४ः४० बजे राष्टङ बैंक चोकमा स्कार्पियो जिप र हाइस माइक्रोबस ठोक्किँदा माइक्रोमा सवार १३ जना चिनियाँ नागरिकहरुमध्ये ८ जना घाइते भएका हुन् ।

घाइतेहरुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । स्कार्पियो चालक धादिङको नेत्रावती–१ बोराङ बस्ने ४३ वर्षीय राज कुमार अधिकारी र माइक्रो बस चालक पोखरा–९ पृथ्वीचोक बस्ने ४१ वर्षीय तुल बहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनामा पार्किङमा रोकिराखेको एक स्कुटर र श्याम सुन्दर बरालको घरमा रहेको मनि चेन्जरको सटर र वालमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्