Logo
Logo

बाँकेको बाहुबली हर्बल उद्योगमा आगलागी



बाँके । बाँकेको जानकी गाउँपालिका–६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्र आगलागी भएको छ । हर्बल प्रालिको परिसरभित्र फाल्नलाई संकलन गरिराखेको सल्लो प्रजातिको काठ÷खोटोमा बिहीबार बिहान ७ बजेतिर आगलागी भएको बाँके प्रहरीले जनाएको छ ।

उक्त आगलागी नियन्त्रणमा लिन लागि नेपाल र भारतबाट गरी ११ वटा दमकल प्रयोग गरिएको छ । उद्योगको बाहिर सल्लाको काठ थुपारिएको गोदाममा आगलागी भएको र मुख्य गोदाम सुरक्षित रहेको डिएसपी नारायण डाँगीले जानकारी दिए । अहिले आगो निभाउने काम भइरहेको उनले बताए ।

आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ । करिब ९० प्रतिशत आगो नियन्त्रणमा आइसकेको उनले बताए ।

आगो निभाउन बाँके र बर्दियाका ११ वटा दमकल प्रयोग गरिएको र भारतबाट पनि दमकल ल्याइएको डिएसपी डाँगीले जानकारी दिए । आगलागीबाट मानवीय क्षति नभएको र आगो नियन्त्रणमा आएपछि भौतिक क्षतिबारे थाहा उनले उनले बताए । विद्युत सर्ट भएर आगलागी भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्