Logo
Logo

भ्रष्टाचार मुद्दामा लक्ष्मण कँडेलसहित १६ जनालाई सफाइ



काठमाडौं । भ्रष्टाचार मुद्दामा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलसहित १६ जनाले सफाइ पाएका छन् ।कर्णाली कोल्ड चेन निर्माणको ठेक्कापट्टामा रकम दुरुपयोग गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २५ साउन २०८० मा उनीहरूविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।

तर, सोमबार विशेष अदालतले उक्त मुद्दामा अख्तियारले प्रतिवादी बनाएका अध्यक्ष कँडेलसहित १६ जनालाई सफाइ दिएको हो । वीरेन्द्रनगर औद्योगिक क्षेत्रभित्र शीत भण्डार निर्माणको काममा वास्तविक कामभन्दा बढी भुक्तानी भएको उजुरीपछिको अनुसन्धानमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार विशेष अदालत पुगेको थियो ।

अख्तियारले तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारी, गणेश भण्डारी, हरिप्रसाद पण्डित, हरिबहादुर थापा, भक्तिराम शर्मा, गुरुप्रसाद अधिकारी, उत्तमकुमार बस्नेत, खिमलाल वली, सुरेशकुमार थापा, उषा ठाडा, प्रकाश अधिकारी, सुवर्णराज भारती, कलाधर उपाध्याय, लक्ष्मण कँडेल, प्रवल शाही र महेश शर्मालाई प्रतिवादी बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्