Logo
Logo

कतारी राजाको भम्रण: सहयोगी रहेको विमान काठमाडौंमा अवतरण



काठमाडौं । दुई दिने नेपाल भ्रमणमा आउन लागेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको बिजनेस जेट (भीभीआईपी) विमान मंगलागिरहेछ बार ढाकाबाट ५ बजेअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जनाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ४ देखि ५ बजेसम्म एक घन्टाका लागि उड्डयनकर्मीहरूका लागि जारी हुने सूचना (नोटाम) लागू गरेको छ । यो समयभित्र कतारी अमिरको भ्रमणसँग जोडिएका दुईटा बिजनेस जेट ढाका हुँदै काठमाडौंमा अवतरण गर्नेछन् ।

स्रोतका अनुसार, अमिरको भ्रमणमा नेपाल नागरिक उड्डयन प्राधिकरणले आइतबार चारवटा विमानलाई नेपाल उडानको अनुमति दिएको थियो । जसमध्ये एउटा उडानमा अमिर रहनेछन् । भने अर्को विमानमा उनका सहयोगी, कर्मचारीहरू रहेकाछन् ।

सहयोगीहरू रहेको विमान मंगलबार बिहान काठमाडौंमा अवतरण भइसकेको छ । एक अर्को एयरबसकै बिजनेस जेट विमान भने ‘स्ट्याण्ड–बाई’ का रुपमा अमिरको उडानसँगै काठमाडौंमा अवतरण गर्दै छ । अमिर एयरबसको ए–३४० विमानमा नेपाल आउँदैछन् ।

चारवटा इन्जिन भएको त्यो विमान ४ सय ५० यात्रु क्षमताको हो । तर त्यो विमानमा अमिरसहित ४० जना हाराहारी हुने भनिएको छ ।

उनी आउने विमानमा कुनै प्राविधिक समस्या आइहाले ‘स्ट्याण्ड–बाई’ विमान अमिरका लागि प्रयोग हुनेछ । ढाकाबाट मंगलबार दिउँसो ‘स्ट्याण्ड–बाई’ का लागि तोकिएको एयरबसको ए–३४०–२११ विमान अवतरण भइसकेपछि अन्तिममा अमिर सवार विमान अवतरण हुनेछ । उनको विमान एयरबसको ए–३४०–५४१ रहने भनिएको छ ।

यी सबै विमानकालागि काठमाडौंस्थित कतारी दूतावासमार्फत दोहाबाट कतार एयरवेजको सहायक कम्पनी ‘कतार एक्जिक्यूटीव’ ले पहल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्