Logo
Logo

डकेन्द्रसिंहको पक्षमा भोट माग्न इलाम पुगे राजेशपायल राई



काठमाडौं । इलाम–२ को उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह लिम्बू थेगिमको पक्षमा भोट माग्न चर्चित गायक राजेशपायल राईसहितलगायतका कलाकार इलाम पुगेका छन् । उनीहरु चुनावी कार्यक्रममा सहभागी हुन इलाम गएका हुन् ।

‘राई इज किङ’ का रुपमा चर्चित मेगास्टार गायक राजेशपायल राई, लाहुरे, एकदेव लिम्बु, सुनिता थेगिमसहितका कलाकार डकेन्द्रको चुनावी सभामा सहभागी हुँदैछन् । कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङ इलाम पुगेका छन् । उनीहरु इलामको चुलाचुली गाउँपालिका ४ आइतबारेमा आज हुने सभामा प्रस्तुति दिँदैछन् ।

डकेन्द्रसिंह लिम्बू इलाम–२ को उपनिर्वाचनमा पहिचानवादीहरुको साझा उम्मेद्वार हुन् । चुनाव प्रचारप्रसारको आज अन्तिम दिन हो । इलाम–२ मा यही १५ बैशाखमा उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्