Logo
Logo

मिलन लिम्बूले दिए सुहाङलाई बधाई


117
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बूले इलाम क्षेत्र नम्बर २ मा निर्वाचित भएका नेकपा एमालेका सुहाङ नेम्वाङलाई बधाई दिएका छन् ।

मतपरिणाम आएपछि मंगलबार नेम्वाङलाई भेटेर लिम्बूले बधाई दिएका हुन् । लिम्बूले नेम्वाङको जित समग्र इलाम र इलामेली जनताको जितमा रूपान्तरण हुने अपेक्षा पनि गरेका छन् ।

वैशाख १५ मा भएको उपनिर्वाचनमा एमाले उम्मेदवार नेम्वाङ २७ हजार ७७२ मत ल्याएर निर्वाचित भएका थिए । रास्वपा उम्मेदवार लिम्बूले ५०५० मत ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्