Logo
Logo

सुनको मूल्य प्रतितोला २७ सय रुपैयाँ घट्यो


117
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । लगातार बढ्दै आएको सुनको मूल्य बुधबार प्रति तोला २७ सय रुपैयाँ घटेको हो ।

मंगलबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार २७ सय रुपैयाँले घटेर १ लाख ३४ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि आज तोलामा २० रुपैयाँले घटेर १ हजार ६३० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । सोमबार चाँदी प्रतितोला १६५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्